सेती प्रयोगशालामा परिक्षण गर्दा थप २०१ जनामा कारोना पुष्टि, ८ जना निको भए




अत्तरिया, १८ जेठ- सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा थप २०१ जनामा कारोना पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा ८२८ नमुना परिक्षणका क्रममा २०१ जनाको कोरोना रिर्पोट पोजेटिभ र ६२७ जनाको कोरोना रिर्पोट नेभेटिभ आएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।



सुचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालीकाका २८ जना पुरुष र ३० जना महिला गरी ५८ जना, धनगढी बाहेक कैलाली जिल्लाका ६४ जना पुरुष र २६ जना महिला गरी ९० जना र अन्य जिल्लाका ३१ जना पुरुष र २२ जना महिला गरी ५१ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।


त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना अस्पतालमा ४४ जनाको उपचार भैरहेको छ । ३ जनाको भेन्टीलेटरमा, १४ जना आइसियुमा, २८ जना अक्सिजन सर्पोटमा उपचार भैरहेको छ । भने २ जनाको अवस्था मध्यम रहेको छ ।
अस्पतालको इमरजेन्सीमा ३ पुरुष र ५ महिला गरी ८ जनाको उपचार भैरहेको अस्पतालले जानकारी दिएको छ । त्यसै पछिललो २४ घण्टामा ८ जना निको भएर घर फर्किएका छन् भने २ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् । अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा घोडाघोडीका ७५ बर्षिय पुरुषको मृत्यु भएको जानकारी दिएका छन् ।



