

काठमाडौं- आज पनि बेलुकीपख पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण बेलुकीपखको मौसम बदली भइ एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।



उनका अनुसार आज काठमाण्डौमा भने खासै पानी पर्ने सम्भावना छैन । तर, बेलुकीपख भने काठमाण्डौको मौसम पनि बदली हुने सम्भावना छ । अन्य पहाडी क्षेत्रमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान छ ।


पहाडी क्षेत्रमा बिहान र दिउँसोको मौसम सामान्यतया सफा नै रहने मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार तराईका जिल्लाको मौसम सफा छ ।