पूर्व जनमुक्ति सेना नेपाल सुदूरपश्चिमको तदर्थ समिति गठन

अत्तरिया- पूर्व जनमुक्ति सेना नेपाल सुदूरपश्चिम प्रदेशको तदर्थ समिति गठन गरिएको छ । शनिबार अत्तरियामा सुदूरपश्चिमका पुर्व जनमुक्ती सेनाको भेलाले विक्रम सिंह कुँवर (सम्भव) को संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।

Dadeldhura hospital

समितिको सचिवमा नरेश महरा (अजय) चयन भएका छन । समितिमा अन्य १३ जना सदस्यमा चयन भएका छन । जसमा लक्ष्मण कुयाल (माइकल) कञ्चनपुर, जयन्ती जैसी जेठारा, गणेश विक डडेल्धुरा, रमेश भण्डारी बैतडी, प्रकाश देउवा डोटी, चक्र रोकाया अछाम, देविजंग बुढा बझाङ, चन्द्र बहादुर सुनार बाजुरा, गणेश धामी दार्चुला, टेकेन्द्र साउँद, हंश प्रसाद न्यौपाने कैलाली, दिपक विसी र मनराज शाही रहेका छन् ।

Navadurga sun
Godawari sandesh

भेलाले राम बहादुर देवकरको संयोजकत्वमा इतिहास लेखन समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा गम्बिर थापा, मिन बहादुर घर्ती, लाल बहादुर भाट, तुल्सी शर्मा, दिपक खत्री र असल बुढा रहेका छन् । भेलाले दुर्गा बडुवालको संयोजकत्वमा प्रतिष्ठान र नेप बहादुर थारुको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।

Loading...