मालाखेती अस्पताललाई ‘हाम्रो गोदावरी हाम्रो अभियान’ द्वारा ५ वटा अक्सिजन कन्सेट्रेटर हस्तान्तरण

अत्तरिया, १८ जेठ- कैलालीको गोदावरी नगरपालिकाको वडा नं. ३ मा रहेको मालाखेती अस्पतालका लागि ५ वटा अक्सिजन कन्सेट्रेटर ‘हाम्रो गोदावरी हाम्रो अभियान’ ले हस्तान्तरण गरेको छ ।

Navadurga sun
Godawari sandesh

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीमा मालाखेती अस्पतालका अध्यक्ष तथा गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउद सँगै हाम्रो गोदावरी हाम्रो अभियानका पदाधिकारीहरु, मालाखेती अस्पतालका कर्मचारी लगायतको उपस्थीतीमा अभियानका संयोजक प्रमोद अधिकारीले नगर प्रमुख साउदलाई हस्तान्तरण गरेका हुन् ।

Dadeldhura hospital

अत्तरियाका केही सामाजिक व्यक्तित्व युवाहरु मिलेर कोरोना महामारीका बेला अक्सिजनको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने उद्देश्यले ‘हाम्रो गोदावरी हाम्रो अभियान’ संचालन गरी पहिलो चरणमा ५ वटा अक्सिजन कन्सेट्रेटर ल्याएको हो ।

‘हाम्रो गोदावरी हाम्रो अभियान’ अन्तरगत जनस्तरवाट सहयोग संकलन गरी जम्मा भएको रकमवाट विदेशवाट ल्याइएका अक्सिजन कन्सेट्रेटर सोमबार बिहानै मात्रै अत्तरिया पुर्‍याइएको अभियानका संयोजक प्रमोद अधिकारीले जानकारी दिएका थिए । पहिलो पटक ५ वटा अक्सिजन कन्सेट्रेटर ल्याएको बताउदै बाँकी आवश्यकता अनुसार पछि पनि ल्याइने उनले बताएका थिए ।

अक्सिजन कन्सेट्रेटर संगसंगै आगामी दिनमा यस अस्पताललाई आईसियु युक्त बनाउनका लागि यस क्षेत्रका युवा लागि परेका र निकट भविश्यमै हाम्रो तर्फबाट २ वटा जति आईसियु बेडको वेवस्थाका लागि रहेका समेत संयोजक अधिकारीले बताए । साथै नगरपालिकाले पनि यस अस्पातालको विकास र स्वास्थ्य यन्त्र, सामाग्रीका लागि घचघच्याउन प्रस्तावना हस्तानतरण समेत गरेका थिए । हस्तान्तरण गर्दै गर्दा अभियानका सह संयोजक कमल कडायतले उक्त प्रस्तावनालाई पढेर सुनाएका थिए ।

अस्पताललाई अति आवश्यक अन्य उपकरणको ब्यबस्थापनका बिषयमा पनि कुराकानी भैरहेको र यस बिषयमा पनि छलफल गरिने उनले बताए । अक्सिजन कन्सेट्रेटर खरिदका लागि देश बिदेशवाट धेरैले आ-आफ्नो तर्फ मन खोलेर सहयोग गरेका थिए । हाम्रो गोदावरी हाम्रो अभियानमा अक्सिजन कन्सन्टेटर कार्यक्रमको संचालन अभियानका सदस्य तेज खड्काले गरेका थिए ।

Loading...