

धनगढी- धनगढीका पत्रकार दिपक उपाध्याय सम्मानित भएका छन् । धनगढी स्थित लिटिल फ्लावर बोर्डिङ हाई स्कुलको ३३ औँ बार्षिकोत्सवका अवशरमा उपाध्याय सम्मानित भएका हुन् ।



यस बर्षदेखी ३ वटा बिधामा पुरस्कार दिने निणर्य सँगै स्कुलले उपाध्यायलाई समाजसेवा पुरस्कारबाट सम्मान गरेको हो । उनीसँगै बार्षिकोत्सवको अवशरमा स्कुलले शिक्षा क्षेत्रमा कार्यरत एक जना र सोही बिद्यालयमा कार्यरत एकजना शिक्षिकालाइ पनि सम्मान गरेको थियो ।


शुक्रबार स्कुलको ३३ औँ बार्षिकोत्सवको अवशरमा उपाध्यायलाई सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले दोसल्ला सहित सम्मानपत्र हस्तान्तरण गर्दै सम्मान गरेका हुन् । उपाध्यायले १ सय पटक रक्तदान गर्दै समाजमा बिषिस्ट योगदान दिएको भन्दै स्कुलले सम्मान गरेको हो ।
रक्तदान गर्दै धेरै मानिसको ज्यान जोगाउन रक्तदान गरी महत्वपुणर् भुमिका निर्वाह गरेकोमा उपाध्यायलाई सम्मान गरेको हो। उनले हालसम्म १ सय पटक रक्तदान गरिसकेका छन् ।