धनगढीमा खुल्यो सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा

धनगढी- सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा धनगढीमा खुलेको छ ।

Dadeldhura hospital

हिम इलेक्ट्रोनिक्सले कृष्ण कन्हैया एण्ड अडर सप्लायर्स सँगको सहकार्यमा कैलालीको धनगढी १ पुष्पलाल चोकमा सामसङ डिजिटल प्लाजा शुक्रबार देखि सञ्चालनमा आएको हो ।

Navadurga sun
Godawari sandesh

सामसङका उत्पादनहरूको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरूलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरू उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न हिम इलेक्ट्रोनिक्स प्रा.लिका प्रमुख प्रभाकर सम्शेर थापा र कलाधार ठाकुरले एक कार्यक्रमका बीच शोरुमको उद्घाटन गरेका हुन् ।

सामसङ डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरू कभ्र्ड टिभीहरू, एलईडी टिभीहरू, मोबाइल फोनहरू, रेफ्रिजेरेटरहरु, वासिंग मेसिनहरू र माइक्रोवेभ ओभनहरु लगायतका सामसङका सामानहरू विक्री गर्ने छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरूलागि आकर्षक अफर पनि प्रदान गरेको जनाएको छ ।

Loading...