सुदूरपश्चिम लोक सेवाको भोलि संचालन हुने परीक्षामा प्रवेश पत्र बिना पनि सहभागि हुन पाउने

अत्तरिया- भोलि संचालन गर्न लागेको परीक्षामा प्रवेश पत्र बिना पनि सहभागि हुन पाईने भएको छ । प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले आयोगको सर्वरमा समस्या आएर प्रवेश पत्र डाउनलोडमा समस्या आएपछि बिना प्रवेश पत्र पनि परीक्षामा सहभागि हुन पाउने व्यवस्था गरिएको हो।

Dadeldhura hospital

प्रवेश पत्र नभएकाले परीक्षामा सहभागि हुनका लागि आवेदकले आफ्नो सक्कल नेपाली नागरिकताको प्रमाणपत्र भने अनिवार्य ल्याउनुपर्ने प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशका उपसचिव हिरालाल चौधरीले जानकारी दिएका छन् । उनले केन्द्रकै सर्वरमा समस्या आएका कारण प्रदेशको वेवसाइटमा समस्या आएको छ।

Navadurga sun
Godawari sandesh

प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौं तहका अप्राविधिक पदका लागि मंसिर २८ गते विज्ञापन आह्वान गरेको थियो । ५४ जनाको लागि आह्वान गरिएको उक्त पदका लागि साढे १० हजार बढीले आवेदन दिएका छन् ।

आयोगले उक्त पदका लागि योग्य आवेदकको स्वीकृत नामावली फागुन ११ गते प्रकाशित गरेको थियो । उक्त नामावलिमा आवेदकको रोलनम्बर समेत प्रकाशित गरिएको छ । आयोगको वेवसाइटबाट प्रवेश पत्र डाउनलोड गर्न नसकेका आवेदकले नामावलिमा प्रकाशित रोलनम्बरका आधारमा परीक्षा केन्द्र हेर्न सकिने उपसचिव चौधरीले बताए । आयोगले परीक्षा संचालनका लागि धनगढीमा ४४ वटा केन्द्र तोकेको छ ।

Loading...