कैलालीको अत्तरियामा तेस्रो स्टीम विज्ञान प्रदर्शनी सम्मेलन शुरू

अत्तरिया– कैलालीको अत्तरियामा तेस्रो स्टीम विज्ञान प्रदर्शनी सम्मेलन शुरू भएको छ। एभरेष्ट एकेडेमीको आयोजनामा शुरू भएको सम्मेलनको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा टीएन जोशीले बिहीबार समुद्घाटन गरेका हुन्।

भव्य समारोहकाबिच कार्यक्रमको समुद्घाटन गर्दे उपकुलपति जोशीले वर्तमान युग सूचना प्रबिधि र बिज्ञानको भएको बताउदै यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर र रोजगारमूलक शिक्षामा मदत पुग्ने बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुदूरपश्चिममा प्रशस्त सम्भाबना भएको बताउदै एभरेष्ट एकेडेमीले प्रशंसनिय कार्यक्रम गरेकोमा धन्यबाद दिए। आगामी दिनमा प्रज्ञा प्रतिष्ठानले समेत बिज्ञान र प्रबिधिका क्षेत्रमा कार्य गर्न सहकार्य गर्ने बताए।

सुदूरपश्चिमका २० विद्यालयको सहभागिता रहेको ऊक्त प्रदर्शनी शूक्रबारसम्म चल्ने आयोजक संस्था एभरेष्ट एकेडेमीका प्राचार्य बंसीराम चौधरी स्माइलले बताए।

उद्घाटन समारोहमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगवीर थापा, शिक्षा शाखा अधिकृत प्रयागराज जोशी लगायतले शुभकामना प्रकट गरेका थि। बिद्यार्थी, अभिभावक, शिक्षक तथा बैज्ञानिकहरूकोसमेत सम्मेलनमा सहभागिता रहेको छ।

Loading...