डोटी घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने (बिज्ञप्ति सहित)

डोटी- डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ। गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको हो।

Dadeldhura hospital

डोटी जिल्ला आदर्श गाउँपालिका वडा नं. ४ रोडी बस्ने सन्तोष भाटले श्रीमती लक्ष्मी र छोरी अञ्जुलाई सुतिरहेको अबस्थामा ज्यान मार्ने मनसायले आगो लगाएका थिए। उक्त घटनामा आमा–छोरी नै घाइते भएका छन्।
सन्तोषले सुतेको कोठा बाहिरबाट प्रज्वलनशिल तरलपदार्थ कोठाभित्र खन्याई आगो लगाएका मन्त्रालयले जनाएको छ। सो घटना यही जेठ १२ गते भएको जनाइएको छ। घाइते दुबैलाई तत्काल जिल्लास्थित सुजङ अस्पताल पुर्याई उपचार गरिएकोमा उनीहरुलाई थप उपचारका लागि साेमबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित कीर्तिपुरस्थित अस्पतालमा पुर्याइएको थियाे ।

godawari10 Mahila hinsa
Navadurga sun

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा जारी विज्ञप्तिमा यस्ता घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कडा कारवाही हुने जनाइएको छ। मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। यस्ता घटना दोहोरिन नदिन मन्त्रालय कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

Loading...