राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा राधाकृष्ण ज्ञान विज्ञान धार्मिक महोत्सव हुने

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा राधाकृष्ण ज्ञान विज्ञान धार्मिक महोत्सव हुने भएको छ ।

राधाकृष्ण मन्दिर मूल समितिको आयोजनामा उक्त महायज्ञ तथा धार्मिक महोत्सव संचालन हुन लागेको हाे । बुधबार समितिले पत्रकार सम्मेलन गरी आउँदो चैत ९ देखि १६ गते सम्म महायज्ञ सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

Navadurga sun

महायज्ञ आयोजक मुल समितिका संयोजक कालु सिंह रोकायाले ८ दिन सम्म सञ्चालन हुन गइरहेको श्रीमद्भागवत ज्ञान महायज्ञ तथा राधाकृष्ण ज्ञान विज्ञान धार्मिक महोत्सव राधाकृष्ण मन्दिरको स्तरोन्नती गरिने बताए । स्थानीय भक्तजनहरूले पूजाका लागि टाढा–टाढा धाउनु नपर्ने गरि राधाकृष्ण मन्दिरको मुहार फेर्न अवश्यक रहेको उनको भनाई छ ।

आधुनिक किसिमले मन्दिर निर्माण गर्नको लागि महायज्ञ र धार्मिक महोत्सव आयोजना गर्न लागेको उनले बताए । उनले सम्पूर्ण सहयोगी तथा स्थानीयलाई भौतिक रूपमा उपस्थिति हुन आग्रह गरेका छन् । महायज्ञ तथा धार्मिक महोत्सव मन्दिर प्राङणमै हुने छ ।

महायज्ञमा कथावाचक रामानुजदास सन्तोषीजी महाराजद्वारा कथा वाचन गरिने छ । बुधबार राधाकृष्ण मन्दिर श्रीमद्भागवत ज्ञान महायज्ञ तथा राधाकृष्ण ज्ञान विज्ञान धार्मिक महोत्सव मुल आयोजक समितिका संयोजक कालुसिंह रोकायाको सभापतीत्वमा भएको सचिवालयको समेत उद्घाटन गरिएको छ ।

कार्यक्रममा समाजसेवी, अग्रणी व्यक्ति लालबहादुर बोगटी प्रमुख अतिथि थिए भने विशिष्ट अतिथिमा आचार्य तुलाराम दाहाल रहेका थिए । त्यस्तै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज खत्री लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

ADD Khali jpg
Loading...