नारी दिवसका अवसरमा ६ जना सम्मानित

धनगढी- अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका नारी सम्मानित भएका छन्। ११३औं नारी दिवसको अवसरमा बुधबार धनगढी लेडी जेसिजले ६ जनालाई सम्मान गरेको हो।

Dadeldhura hospital

सम्मानित हुनेमा पत्रकार जमुना न्युरे, अनाथालय सञ्चालन गरिरहेकी सानु चौधरी, सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवर, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, कराँते खेलाडी गरिमा मल्ल, कला क्षेत्रकी धनेश्वरी रेग्मी रहेका छन्।

Navadurga sun
Godawari sandesh

उनीहरूलाई प्रमाणपत्र वितरण गरी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले सम्मानित गरिन्।

Loading...