सातै प्रदेशमा स्तन क्यान्सर र पाठेघर क्यान्सरको नि:शुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निस्शुल्क सेवा विस्तार गरिने बताएका छन्। ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।

Dadeldhura hospital

‘सातवटै प्रदेशमा निस्सन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निस्शुल्क सेवा विस्तार गरिनेछ’, प्रधानमन्त्रीले भने, ‘साथै पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ।’

Navadurga sun
Godawari sandesh

प्रधानमन्त्री प्रचण्डले करिब ३४ प्रतिशत प्रजनन् उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेसमेत बताए।

Loading...