विद्युत प्राधिकरणले भन्यो– आफूखुसी सडकबत्ती जडान नगर्नू

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो।

विद्युत महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सूचनामार्फत निर्देशन दिएको छ।

Navadurga sun

‘सडक बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको तथा सडक बत्तीको बाँकी बक्यौता विद्युत महसुल शीघ्र भुक्तानी गरी दिनुहोला। प्राधिकरणको सहमति नलिई विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला’, प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...