


अत्तरिया- कञ्चनपुरको कृष्णपुर वडा नं. ९ मा निर्माणाधिन कार्यको स्थलगत निरीक्षण गरिएको छ । कृष्णपुर वडा नं.९ मा हुन लागेका विभिन्न विकास निर्माणका कामहरुको सोमबार नगर प्रमुख हेमराज ओझाको टिमले स्थलगत निरीक्षण गरेका हुन् ।


निरीक्षण गर्नेहरुमा योजना शाखा प्रमुख ई.विष्णु जोशी, वडा नं. ९ का वडा अध्यक्ष कैलाश बहादुर बलायर र वडा नं. ८ का अध्यक्ष दिनेश खड्का लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

