थ्रिडिभिएलले डोटीका ९० परिवारलाई राहत बितरण गर्‍यो

डोटी, १७ जेठ- कैलालीको अत्तरियामा केन्द्रिय कार्यालय रहेको थ्रडिभिएिल क्रयिशनले डोटीका ९० परिवारलाई खाद्यान्न बितरण गरेको छ ।

Navadurga sun

थ्रिडिभिएलले डोटीको आदर्श गाउँपालिका वाड नं. २ स्थित साउँनकाड, भार्कोट, मौवा, कारिया, दुग्राला, कोटान्जर बहुनकाँडा गरि ९० विपन्न गरिब घरपरिवारलाई खाद्यान्न बितरण गरेको हो ।

मजदुरी गरेर दैनिक छाक टार्ने अति बिपन्न घरपरिवारहरुलाई लकडाउनले गर्दा दैनिक छाकटार्न समस्या भएपछि प्रति परिवार १-१ कट्टा चामल वितरण गरेको राहत कार्यक्रम डोटीका संयोजक खेमराज ओझाले बताए ।

थ्रिडिभिएलका जिल्ला संयोजक आकाश खड्का, सदस्यहरु देव खड्का, विकास खड्का भरत खड्का समाजसेबि बिजय राज ओझा ललिता थापा, बोद नारायण ओझा, प्रेम ओझा लगायतका अन्य प्रतिनिधिहरुको संयुक्त पहलमा सुरु भएको उक्त अभियान आदर्श गाउँपालिकाका ७ वटै वडामा सञ्चालन गरिने राहत कार्यक्रमका संयोजक ओझाले बताए ।

उक्त अभियानमा सामाजिक व्यक्तित्व जयराज ओझा, पुस्पराज ओझा, टेकराज जोशी, डिआर ओझा र बिजय राज ओझा, कुल प्रसद ओझा, लक्ष्मण खड्का, केशव ओझा लगायतले आर्थिक सहयोग गरेको थ्रिडिभिएल क्रियशनले जनाएको छ ।

राहत अभियानमा संस्थाका महासचिव एल आर ओझा र सदस्य कृष्ण राज ओझाको पनि सबभागिता रहेको थियो । लामो समय देखिको लडाउनले गर्दा सहरि क्षेत्र भन्दा गाउँले जीवन बिताउनेहरुका लागि जिवन सारै कष्टकर भएको छ । उनले भने बिपन्न परिवारको घर सम्मै पुगि राहत दिन पाउदा निकै खुसी भएको समेत बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...