अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि एक साताका लागि भ्रमणमा गएका छन् । नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदादेबी रोकाया, प्रमुख प्रशासकीय अधिकृत बसन्तकुमार खत्री सहित ३० जनाको टोली शनिबारदेखि एक साताका लागि भ्रमणमा गएका हुन ।



क्षेत्रीय शहरी बिकास आयोजनाले विभिन्न जिल्लाका नमुना नगरपालिकाहरुको अबलोकन गराउने भन्दै नगरपालिकाको जम्बो टोली नै भ्रमण गएको हो ।


विशेष गरी फोहोर ब्यबस्थापन (ल्याण्डफिल साइट) शहरी बिकास आयोजनाले बनाउने भएपछि त्यसका लागि अध्ययन गर्न भन्दै एक साताका लागि नगरप्रमुख देखि प्रमुख प्रशासकीय अधिकृतसम्मै भ्रमणमा गएका हुन् । टोली इलामसम्म पुग्ने योजना रहेको नगरप्रमुख बिरेन्द्र भट्टले बताए ।