सक्षम पाठशालाको ८औं वार्षिकोत्सव तथा अभिभाबक दिवस सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा रहेको सक्षम पाठशालाले वार्षिकोत्सव तथा अभिभाबक दिवस सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बीच सक्षम पाठशालाले ८औं वार्षिकोत्सव विविध कार्यक्रम गरी सम्पन्न गरेको हो ।

Ganyapdhura gau

कार्यक्रममा विद्यालयका प्रिन्सिपल तर्क राज भट्टराईले स्वागत मन्तव्य ब्यक्त गरे संगै उनले विधार्थीहरुलाई पढाईको गुणस्तरमा विशेष किसिमको जोड दिँदै अगाडि बढ्ने बताए । उनले विधार्थीहरुलाई प्रविधिक तथा आधुनीक गति तर्फ एक्काइसौं शताब्दीलाई सुहाउँदो शिक्षालाई विशेष जोड दिइरहेको बताए ।

Navadurga sun
Dadhaldhura pur

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आ-आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरु, शिक्षक-शिक्षिकाहरुले कार्यक्रममा आफ्नो सांस्कृतिक नृत्य, गायन, प्रस्तुति समेत झल्काएका थिए ।

२०७१ सालमा स्थापना गरी १ सय ३० जना बिद्यार्थीहरुबाट सञ्चालन मा ल्याइएको यस विद्यालय हाल ६ सय जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयले नर्सरी देखि ८ कक्षा सम्म पठनपाठन गराउँदै आइरहेको छ । साथै विद्यालय ले वार्षिकोत्सव अवसरमा खेलाउदै आइरहेको विभिन्न खेल तथा विधामा सहभागी उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रममा प्रमाण पत्र सहित पुरस्कृत वितरण समेत गरिएको थियो ।

बिद्यालयका अध्यक्ष भुवन बहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशी रहनु भएको थियो । तयस्तै विशिष्ठ अतिथिमा प्याब्सन केन्द्रीय उपा-अध्यक्ष जगबिर थापा, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस प्रमुख डा. डम्बर बहादुर पाल रहनु भएका थियो ।

अतिथिमा प्रतीक्षा सामुदायीक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, मालाखेती अस्पतालका अध्यक्ष तथा पदमा अस्पताल प्रा.लि. का प्रबन्ध निर्देशक डा. नर बहादुर मौनी, प्याब्सन केन्द्रीय सदस्य योगेन्द्र हमाल, प्याब्सन सुदूरपश्चिम प्रदेश सचिव यम प्रसाद भण्डारी, गोदावरी नगर कमिटी प्याब्सनका अध्यक्ष श्याम बहादुर खत्री लगायत शिक्षक-शिक्षिका, प्रिन्सिपल, अभिभावक, समाजसेबी, बुद्धिजिवी व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षिका सरिता खुनाले गरेकि थिईन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...