कैलालीमा बन्द पूर्वपश्चिम राजमार्ग खुल्यो

धनगढी- कैलालीमा बन्द गरिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ। जिल्लाको गोदावरी नगरपालिका–६ खैरानास्थित शनिवार बिहान पूर्वपश्चिम राजमार्गमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि बन्द गरिएको राजमार्ग खुलेको हो।

पूर्वपश्चिम राजमार्गमा माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिँदा सोही स्थानकी ६५ वर्षीया बाचुबटै आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। चालक धनगढी उपमहानगरपालिका–१३ मोहनपुरका ३५ वर्षीय तुलसीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Navadurga sun

स्कुलका बस चालकलाई नियन्त्रणमा लिएपछि राजमार्गमा गरिएको अवरोध हटेको र अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदीप चन्दले बताए।

बसको ठक्करबाट गम्भीर घाइते भएकी आले मगरको उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो। घटनाको विरोधमा स्थानीयले केही समय पूर्वपश्चिम राजमार्ग टायर बालेर अवरुद्ध गरेका थिए। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
Loading...