ओलीले पटकपटक संसद् विघटन गरेर अदालतको अपमान गरेः बद्री पाण्डे

कैलाली- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण निषेधको राजनीति खेप्नु परेको बताएका छन्।शुक्रबार आठ दलीय गठबन्धनले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको ज्याजदीका कारण नागरिक समाज समेत आक्रान्त बनेको आरोप लगाए।

उनले भने, ‘प्रतिनिधि सभाको एकपटक होइन, दुईपटक विघटन गर्नुभयो। त्यो विघटनलाई पुनर्स्थापति गर्ने सर्वोच्च अदालत प्रतिपनि अपमान गर्नुभयो।’ पाण्डेले न्यायपालिकाको अपमानप्रति मंसिर ४ गतेको निर्वाचनमा कांग्रेसहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक ठाउँमा उभिएको बताए।

Navadurga sun
Godawari sandesh

‘हामीले एकले अर्कोलाई आफ्नै सहयात्रीका रुपमा मत माग्यौं। प्रचण्डले गोरखा–२ बाट कांग्रेसको मत लिनुभयो। मैले आफूले बाजुराबाट चुनाव लड्दै गर्दा माओवादी र समाजवादीका मत लिएर निर्वाचित भएँ’, पाण्डेले भने।

Dadeldhura hospital

उनले मतदाताकाबीचमा स्पष्ट रुपमा संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकलाई राजनीतिक स्थायित्वका दिन, विकास र समृद्धिका लागि मत मागेको बताउँदै राजनीतिक स्थिरताबाट मात्रै मुलुकलाई समृद्धि र स्थायित्व दिन सक्ने दाबी गरे।

बीचमा केही विचलन पैदा भएपनि अहिले राजनीति ठीक ठाउँमा आएको बताए। प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री स्वीकार गर्दै पुस २६ गते विश्वासको मत दिएको पाण्डेले स्मरण गरे।

आठ दलीय गठबन्धनबाट हस्ताक्षर गर्दै कोही प्रस्तावक र कोही समर्थक जनाएर कांग्रेसको तर्फबाट रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइएको उल्लेख गर्दै उनले गठबन्धनले कोर्स करेक्सन गरेको दाबी गरे।

प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभामा एकताको सन्देशका लागि यही २५ गते रामचन्द्र पौडेललाई जिताउन उनको आग्रह छ। साथै, उनले नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट एकताको सन्देश दिएको समेत बताए।

Loading...