लोकसेवा आयोगको तेस्रो सम्मेलन धनगढीमा सुरु

धनगढी- लोकसेवा आयोगको तेस्रो सम्मेलन आजबाट धनगढीमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गरे ।

सो क्रममा उनले अधिकार, कर्तव्य, जिम्मेवारी र सीमितता बुझ्दै समन्वय गरेर अगाडि बढ्न प्रदेश लोकसेवा आयोगलाई आग्रह गरे । विधि, पद्धतिलाई साटासाट गर्दै प्रदेश लोकसेवा आयोगलाई बलियो बनाउने लोकसेवा आयोग केन्द्रीय कार्यालयको उद्देश्य रहेको उनको भनाइ छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका मुख्यसचिव नारायणप्रसाद शर्मा दुवाडी, सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहरा, कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले शुभकामना मन्तव्य दिए ।

यसैगरी, लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष तिलाराम ओझा, गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल, बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र मधेश प्रदेश लोकसेवा आयोगका सदस्य डा। सुजाता देवले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्मेलनमा सातवटै प्रदेश लोकसेवा आयोगका पदाधिकारीसहित कर्मचारीको सहभागिता थियो । धनगढी घोषणापत्र जारी गर्दै शनिबार सम्मेलन सम्पन्न हुने जनाइएको छ ।

Loading...