नदी तरेको पैसा तिर्दै भजनीका बासिन्दा

भजनी स् कैलालीको भजनी नगरपालिकाका बासिन्दाले नदी तर्दा पैसा तिर्नुपर्ने झमेलाबाट छुटकारा पाउने आशामा १२ वर्ष बिताएका छन्।

स्थानीय बासिन्दाले कान्द्रालगायतका नदी तर्दा पैसा तिर्नुपर्छ। ‘दैनिक कामका लागि नगरपालिका आउँदा ३० रुपैयाँ तिरेर नदी तर्नुपर्छ। महिनामा नौ सय रुपैयाँ नदी तरेको मात्रै तिर्नुपरेको छ’, रूपक साउदले भने।

Navadurga sun
Godawari sandesh

उनले पक्की पुल प्रयोगमा नआउँदासम्म नागरिकलाई आवतजावतमा समस्या हुने बताउँदै नगरपालिकाले पैसा उठाएर झन् सास्ती दिने गरेको जानकारी दिए।

यसबाट पालिकाभन्दा पुल निर्माणको ठेक्का लिने कम्पनीलाई बढी फाइदा भएको साउदको भनाइ छ। ठूला सवारीसाधन पुलबाट नभई नदीबाट वारपार गराउनुपर्छ।

यसरी नदीबाट सवार गर्दा सवारीसाधनबाट पैसा सङ्कलन गर्ने गरेको भोजराज काफ्ले बताउँछन्।

Dadeldhura hospital

‘कान्द्रामा पुल बन्न लागेको एक दशकभन्दा बढी समय भयो। समयमै पुल निर्माण नहुनुको कारण बिचौलिया हुन्। जसले नदी ठेक्काका नाममा वार्षिक लाखौँ उठाउँछन्’, उनी भनछन्‚ ‘नभए पुल निर्माणका लागि स्थानीय सरोकारवालाले चासो नदिनुको कारण के होरु’

टीकापुरबाट हुलाकी राजमार्ग हुँदै धनगढी पुग्न करिब ७५ किलोमिटर छ। महेन्द्र राजमार्गबाट जाँदा अलि लामो पर्छ। कान्द्राको पुल नभएकै कारण हुलाकी राजमार्ग प्रयोग गर्न नसकिएको टीकापुरका बिन्तीराम चौधरीले बताए।

उनले जागिरको सिलसिलामा कैलारी गाउँपालिकामा बस्नुपरेको बताउँदै हप्तामा एक दिन घर फर्किँदा नदी तरेको पैसा तिर्नुपर्ने बाध्यता भएको बताए।

‘नगरपालिकालाई पैसा दिएर नदी ठेक्कामा लिएका हौँ भनेर ठेकेदारको प्रतिक्रिया आउँछ। त्यति भएपछि पैसा त दिनैपर्‍यो’, उनले भने। कान्द्राको पुल बने आवतजावतमा सहज हुने उनको भनाइ थियो।

भजनी नगरपालिकाले कान्द्रा लगायतका नदी ठेक्का दिएको छ। ठेक्का दिएका नदीमा माछा मार्नेदेखि डुङ्गा सञ्चालन हुँदै आएको छ।

एक आर्थिक वर्षका लागि हुने ठेक्काले आन्तरिक आयस्रोतको काम गर्दै आएको नगरपालिकाले जनाएको छ। नगरप्रमुख केवल चौधरीले कान्द्रामा नागरिक वारपार गरेको रकम तिर्नुपर्ने स्थिति यसै वर्षबाट अन्त्य हुने बताए।

उनले हुलाकी राजमार्गअन्तर्गत निर्माण भएको कान्द्रा पक्की पुलको काम अन्तिम चरणमा रहेको बताउँदै केही महिनामै पुलबाट आवतजावत शुरु हुने बताए।

 

Loading...