काठमाडौं- लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिकसहित १८ जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले ४६९.५१ ग्राम र ९४० नियन्त्रित लागु औषध ९४० एम्पुलसहित १८ जनालाई पक्राउ गरेको एसपी चक्रराज जोशीले जानकारी दिए।



काठमाडौं उपत्यका तथा विभिन्न जिल्लामा रहेका मातहत शाखा कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक र अन्य नेपाली छन्।


उनीहरूबाट प्रहरीले ४८ लाख ५३ हजार २० रुपैयाँ पनि बरामद गरेको छ। बरामद भएको एम्पुलको अवैध बजार मुल्य प्रति एम्पुल १६८ रुपैयाँ रहेको ब्युरोले जनाएको छ। यस्तै खैरो हेरोइन भने प्रति ग्राम १० हजारमा बिक्री हुने गरेको छ।