गोदावरी नगरपालिकाले दर्ता नगरी व्यावसाय संचालन गर्नेलाई कारवाही गर्ने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले व्यावसायीक फर्म दर्ता नगरी कारोवार गर्नेलाई कारवाही गर्ने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै व्यावसाय दर्ता तथा नविकरण नगर्नेलाई नियमानुसार कारवाही गर्ने जनाएको हो। नगरपालिकाकाले व्यावसाय गर्न खोज्नेले वडा कार्यालयमा गएर फर्म दर्ता गर्न पनि आग्रह गरेको छ ।

Dadeldhura hospital

स्थानीय निकाय (वडा कार्यालय) फर्म दर्ता नगरी संचालन गरेको र पसलको नाम नै नराखी व्यवसाय संचालन गरिरहेको पाइएकोले आ-आफ्नो व्यावसाय संचालन भइरहेको वडा कार्यालयमा गएर समयमा नै व्यावसाय दर्ता तथा नविकरण गराउँन सबैलाई जानकारी गराइन्छ’ प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीद्वारा जारी सूचनामा भनिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सूचनामा नगरपालिका भित्र केही व्यवसायीहरुले आफ्नो व्यवसायको फर्मको उद्देश्य अनुसार व्यवसाय नगरेको पाइएकाले उद्देश्य अनुसार कारोबार गर्न आग्रह गरिएको हो ।

Loading...