चुरे गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रकाश बहादुर बोहरा
अत्तरिया- कैलालीको चुरे गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को अर्धबार्षीक कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न गरेको हो ।

Ganyapdhura gau

उक्त कार्यक्रममा लेखा अधिकृत भक्त राज भट्टले ६ महिनाको प्रगति विवरण पेश गरेका थिए । उनले सुशासन, पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको समेत बताएका थिए । त्यस्तै उनले सार्वजनिक सुनुवाई भनेको सेवाहरु भयो की भएन भन्ने जानाकारी गराउने थलो भएको समेत बताए ।

Navadurga sun
Dadhaldhura pur

त्यस्तै गाउँपालिकाले लक्षित समूह अनुसार बजेत तथा खर्च अनुसार लक्षित समूह अन्यमा बिनियोजन बजेट ४२ करोड ७६ लाख ४ हजार मध्ये १२ करोड १३ लाख ४३ हजार ७७३।४९ खर्च गरेको छ । अपाङ्गमा बिनियोजन बजेट ५ लाख १० हजार रहेकोमा खर्च हुने सकेको छैन । आदिवासी/जनजातीमा बिनियोज बजेट १० हजार ६६ हजार रहेकोमा खर्च हुन सकेको छैन । जेष्ठ नागरिकमा बिनियोजन बजेट ३ लाख ७९ हजार मध्ये १ लाख ४४ हजार १ सय खर्च रहेको छ । त्यस्तै दलितमा बिनियोजित बजेट ४ लाल ७५ हजार रहेकोमा खर्च हुन सकेको छैन । त्यस्तै बालबालिकाका लागि बिनियोजित बजेट ३ करोड ५१ लाख ८९ हजार मध्ये ६९ लाख ३३ हजार ९१० खर्च रहेको छ । त्यस्तै महिलामा बिनियोजित बजेट ६२ लाख ३ हजार मध्ये ३ लाख १२ हजार ४५० खर्च रहेको छ । त्यस्तै सीमान्तकृतमा बिनियोजित बजेट ५५ लाख मध्ये ३ लाख १३ हजार ३५० खर्च रहेको छ ।

त्यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियहरुले राखेका सवाल जवाफ गरिएको प्रश्नहरुको बारेमा छलफल गरिएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले पालिकाले हरेक क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गाउँ पालिकाले आफ्ना कार्यक्रमहरु पूर्ण रुपमा अनुगमन गर्ने बताए । गाउँ पालिकाले आगामी दिनमा असाय बालबालिकाहरुको एकिन जानकारी निकालेर काम गर्ने गाउँपालिका अध्यष बोगटीले बताए । अब अघिल्लो हुने सार्वजनिक सुनुवाई कार्यक्रममा एक/एक कुराको जानकारी गराउने समेत अध्यक्ष बोगटीले बताए ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा अनुगमन न्यायिक समिति तथा गाउँपालिका उपाध्यक्ष धना देवी थापा, गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष डम्वर बहादुर सिंह, वडा नं.२ का वडा अध्यक्ष केशव बहादुर सिंह, वडा नं.३ का वडा अध्यक्ष खगेन्द्र खडायत, वडा नं.४ का वडा अध्यक्ष चन्द्र बहादुर लामिछाने, वडा नं.५ का वडा अध्यक्ष विर बहादुर धामी, वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद, निमित्त प्रशासकिय अधिकृत विविराम सेठी, गाउँपालिका सम्वन्धीत शाखाका प्रमुखहरु, कर्मचारीहरु, स्थानीय, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...