बैतडी – बैतडीमा शिक्षकले जनप्रतिनिधिमाथी कुटपिट गरेका छन् । जिल्लाको सिगास गाउँपालिका – ६ मा रहेको गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्ण बहादुर साउँदलाई कुटपिट गरेका हुन् ।




शेरा लेकम सिचाई योजनाको बारेमा विवाद हुदा शिक्षक महेन्द्रले वडा सदस्य कृष्णमाथी कुटपिट गरेका हुन् । वडा सदस्य साउँदका टाउको र औँलामा चोट लागेको छ । वडा सदस्य साउँदले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको बताएका छन ।


वडा अध्यक्ष तेज बहादुर साउँद धनगढीमा भएकाले कार्यबहाक अध्यक्षको रुपमा साउँदले नै जिम्मेवारी पाएका थिए । गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले घटनाको बारेमा जानकारी भएको र वडा अधयक्ष सहित बसेर आवस्यक प्रक्रियामा जाने बताइन् ।




