‘हाम्रो गोदावरी हाम्रो अभियान’ ले मालाखेती अस्पतालका लागि ५ वटा अक्सिजन कन्सेट्रेटर ल्यायो





अत्तरिया, १७ जेठ- कैलालीको गोदावरी नगरपालिकाको वडा नं ३ मा रहेको मालाखेती अस्पतालका लागि ५ वटा अक्सिजन कन्सेट्रेटर अत्तरिया आईपुगेको छ ।


अत्तरिया केही सामाजिक युवाहरु मिलेर कोरोना महामारीका बेला अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले ‘हाम्रो गोदावरी हाम्रो अभियान’ संचालन गरी पहिलो चरणमा ५ वटा अक्सिजन कन्सेट्रेटर अत्तरियामा ल्याएको हो ।



‘हाम्रो गोदावरी हाम्रो अभियान’ अन्र्तगत जनस्तरवाट सहयोग संकलन गरी जम्मा भएको रकमवाट विदेशवाट ल्याइएका अक्सिजन कन्सेट्रेटर सोमबार बिहानै मात्रै अत्तरिया पुञ्याइएको अभियानका संयोजक प्रमोद अधिकारीले जानकारी दिए ।
सोमबारै उक्त अक्सिजन कन्सेट्रेटर अस्पताललाई हस्तान्तरण गरिने उनले बताए । पहिलो पटक ५ वटा अक्सिजन कन्सेट्रेटर ल्याएको बताउदै बाकिँ आवश्यकता अनुसार पछि पनि ल्याइने अभियानका संयोजक अधिकारीले बताए ।
अक्सिजन कन्सेट्रेटर संगसंगै अस्पताललाई अति आवश्यक अन्य उपकरणको ब्यबस्थापनका बिषयमा पनि कुराकानी भैरहेको र यस बिषयमा पनि छलफल गरिने समेत बताए । अक्सिजन कन्सेट्रेटर खरिदका लागि देश बिदेशवाट धेरैले आ-आफ्नो मन खोलेर सहयोग गरेका थिए ।



