छोरीमाथि बलात्कार भइरहको आमाले देखेपछि…

बैतडी– बैतडीमा २४ वर्षीया अपाङ्गता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा ५६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेलौली नगरपालिका–७ का ५६ वर्षीय तारादत्त भट्ट छन्। प्रहरीका अनुसार अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको भन्दै पीडित पक्षबाट उजुरी आएपछि भट्टलाई पक्राउ गरिएको हो।

भट्टले आफ्नी छोरी, २४ वर्षीया अपाङ्गतामाथि बलात्कार गरिरहेको देखेको भन्दै पीडित महिलाकी आमाले प्रहरीसमक्ष उजुरी दिएकी छन्। पूर्ण अशक्त अपाङ्गता भएको व्यक्तिको रुपमा राज्यबाट ‘क’ वर्गको प्रमाणपत्र पाएकी महिलामाथि भट्टले पटक–पटक बलात्कार गर्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ।

Navadurga sun

प्रहरीका अनुसार घटना शनिबारको हो। ५६ वर्षीया भट्टले आफ्नी छोरीमाथि बलात्कार गरिरहेको देखेपछि पीडित महिलाकी आमाले छिमेकीलाई बोलाएकी थिइन्। छिमेकीसहित स्थानीयले प्रहरीलाई बोलाएर भट्टलाई जिम्मा लगाएका हुन्।

भट्टले यसअघि पनि अपाङ्गता भएकी महिलामाथि बलात्कार गरेको विषय स्वीकार गरेको भिडियो पनि प्राप्त भएको प्रहरीले जनाएको छ। यद्यपि भिडियोको विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ। प्रक्राउ परेका भट्टमाथि जबरजस्ती करणीको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...