घट्दै चैते धान खेती

कञ्चनपुर- कुनै समय जिल्लाको अधिकांश क्षेत्रमा चैते धानखेती हुन्थ्यो । ५ वर्ष अघिसम्म पनि जिल्लामा ४ सय हेक्टरमा चैते धानखेती भइरहेको थियो । तर अहिले यो क्रम निकै घटेको छ । अहिले जिल्लाभरिमा डेढरदुई सय हेक्टरका हाराहारीमा मात्रै चैते धान खेती भइरहेको छ ।

छाडा चौपायाको समस्या विकराल हुँदै गएपछि खेती जोगाउनै समस्या र पछिल्लो समय महाकाली सिँचाइ आयोजनाको नहरमा नियमित पानी सञ्चालन नहुँदा चैते धानखेती घट्दै गएको हो । बर्खे धान खेतीभन्दा राम्रो उत्पादन हुने र दोहोरो उत्पादन लिन सकिने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका छन् ।

Navadurga sun

‘एक सयम चैते धान राम्रै फस्टाएको थियो, सबै क्षेत्रमा यसको खेती गरिन्थ्यो,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका कृषि अधिकृत नवराज जोशीले भने, ‘तर अहिले निकै कम भइसक्यो, जिल्लाभरिमा सय हेक्टर हाराहारी पनि चैते धान रोपिँदैन ।’ उनका अनुसार महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणअन्तर्गत सञ्चालनमा रहेको नहरमा अहिलेकै समयमा पानी बन्द हुन्छ । कृषकले बेर्ना राख्नेदेखि रोपाइँ गर्ने लगायतमा समस्या झेल्न थालेपछि चैतमा धान रोप्न छाडेका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको दक्षिणी क्षेत्र, बेदकोट, कृष्णपुर, बेलडाडी, बेलौरी र पुनर्वास क्षेत्रमा चैते धान खेती बढी मात्रामा गरिन्थ्यो । तर अहिले बेलडाडी र बेलौरी क्षेत्रमा यसको खेती बढी भइरहेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार फागुनमै बेर्ना राखेर चैत मध्यसम्म रोपि सक्नुपर्छ ।

असारमा पाक्ने भएकाले बर्खामा भित्र्याउन समस्या हुने र बिक्री गर्न पनि निकै झन्झट हुने भएकाले कृषकहरूले बिस्तारै चैते धानको खेती छाडेका हुन् । ‘बर्खामा भित्र्याउनै समस्या हुन्छ, भित्र्याएपछि बिक्री गर्नै गाह्रो,’ ज्ञान केन्द्रका कृषि अधिकृत हरिदत्त जोशीले भने, ‘यस क्षेत्रमा ठूला चिउरा उद्योग र भुजा उद्योग नभएकाले पनि बिक्रीमा समस्या भएको हो ।’

चैते धानको उत्पादन बर्खेको तुलनामा बढी हुन्छ । बर्खेको तुलनामा प्रकाश बढी पाइने भएकाले उत्पादन राम्रो हुने कृषि प्राविधिकहरू बताउँछन् । कञ्चनपुरमा बर्खे धानको उत्पादकत्व करिब ४ मेट्रिक टन छ भने चैते धानको ५ मेट्रिक टन छ । एक दशकअघि कृषकहरूले सीमावर्ती भारतीय क्षेत्रबाट बीउ ल्याएर चैते धान खेती सुरु गरेका थिए ।

नेपालतर्फ बिउ समेत अभावथियो । अहिले बिउँ उपलब्ध भए पनि अन्य प्राविधिक समस्याका कारण कृषकहरू कम हुँदै गएका छन् । बेलडाडी गाउँपालिकाको झिलमिला क्षेत्रमा नहरको पानी सिपेज भएर सिमसार क्षेत्र बेनको छ । उक्त क्षेत्रमै चैते धान खेती बढी भइरहेको छ । बर्खामा रोपाइँ गर्न नसकिने र हिउँदमा पनि गहुँ छर्न नसकिने उक्त ठाउँमा चैते धान खेती मात्रै हुने गरेको छ । कान्तिपुरबाट

ADD Khali jpg
ADD Khali jpg
Loading...