बाजुरामा कृषि पत्रकार महासंघ नेपालकाे शाखा विस्तार, अध्यक्षमा सरिता नेपाली चयन

बाजुरा– कृषि पत्रकार महासंघ नेपालको बाजुरा जिल्ला शाखा विस्तार भएको छ । आइतबार बडिमालिका नगरपालिका सभा हलमा सम्पन्न जिल्ला भेलाबाट शाखा विस्तार सप्पन्न भएको हो ।

महासंघका प्रदेश अध्यक्ष हिमेशको अध्यक्षता, बडिमालिका मेयर अम्मर खड्काको प्रमुख आतिथ्य तथा उप-प्रमुख नन्दा थापाको विशिष्ट आतिथ्यतामा जिल्ला भेला सुरु भएको थियो ।

Navadurga sun

कार्यक्रममा पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष छक्क मल्ल, प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओलि, प्रेस युनियनका प्रदेश सचिव राजेन्द्र रोकाया, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख पशुपति नाथ, कृषि ज्ञान केन्द्र प्रमुख हरि प्रसाद पनेरु लगायत जिल्लामा क्रियाशील ३० जना भन्दा बढी पत्रकार तथा सरोकारवालाहरुको सहभागिता रहेकोे थियो ।

भेलाबाट पत्रकार सरिता नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी विस्तार भएको छ । शाखा उपाध्यक्षमा हेमराज पाध्याय, सचिव मनि खड्का, सह-सचिव युवराज बडुवाल, कोषाध्यक्ष कमला रावल, सदस्यहरु कमला चदरा, गोविन्दराज तिमिल्सिना, टेक बहादुर बुढा, टेक बहादुर बिक, सुनिता जैशी, मुना रोकाया, बल बहादुर बोहरा र उमेश रोकाया चयन भएका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...