

काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य सामान्य घटेको छ। आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



तोलामा ४०० रुपैयाँले घटेपछि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ।


यसअघि गत साताको अन्तिम कारोबार दिन, शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।

