देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली : थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं- आज देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । आज दिउँसो प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका थोरै ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dadeldhura hospital

आज राति प्रदेश एक र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज अरु ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । एकरदुई दिन मौसम यस्तै रहने अनुमान गरिएको महाशाखाका मौसमविद् रोजन अधिकारीले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

उनका अनुसार यसवर्षको हिउँद सकिने क्रममा छ । सामान्यतया नेपालमा मंसिर मध्यदेखि फागुन १५ गतेसम्मको तीन महिनालाई हिउँद मानिन्छ । अब बिस्तारै प्रि–मनसुनी गतिविधि सुरु हुने मौसमविद् अधिकारीले बताए । प्रि–मनसुनमा सुक्खा हुने, चट्याङ्ग पर्ने, तीव्र गतिमा हावाहुरी चल्ने र आगलगाीका घटना धेरै हुनेगर्छ

Loading...