डोटीको बोगटान फुड्सिल गाउँपालिकाका ८१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू सम्मानित

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिकाले पालिका भित्र रहेका ८१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू सम्मानित भएका छन् । गाउँपालिकाले शुक्रबार एक कार्यक्रमकाबीच स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको हो ।

स्वयम्सेवि भावका साथ निरन्तर समुदायमा रहेर महिलाहरूको स्वास्थ्य तथा सामाजिक सचेतना फैलाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष बिस्ना देउवा बमले बताइन् ।

Navadurga sun

बोगटान फुड्सिलका महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यका क्षेत्रमा मात्र नभई राज्यका महत्वपूर्ण अभियानहरूलाई सफल बनाउनमा अहम् भूमिका खेलेकोले प्रोत्साहन स्वरूप सम्मान गरेको उपाध्यक्ष देउवाले बताइन । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गरिएको हो ।

उपाध्यक्ष बमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, गाउँपालिकाका विषयगत शाखा प्रमुख, स्वास्थ्य चौकी प्रमुख, पालिकाभित्रका सबै महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...