

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. २ स्थित सन्तोषी टोलमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए कलेज) को रजत जयन्तीका अवसरमा ४ महिला क्रिकेटर सम्मान गरेको छ ।



कार्यक्रममा केही महिनाअघि भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सहभागी सुदूरपश्चिम प्रदेश टोलीका चार जना महिला क्रिकेटरहरूलाई शुक्रबार सम्मान गरिएको हो । सुनसरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले उपाधि जितेको थियो ।


कार्यक्रममा महिला क्रिकेटरहरू कविता कुँवर, ईश्वरी विष्ट र मनीषा चौधरीलाई सम्मान गरिएको हो । चारै जना सोही कलेजका विद्यार्थी पनि हुन ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, एसपिए कलेजका अध्यक्ष योगेन्द्र बहादुर शाही, कलेजका प्रबन्ध निर्देशक सुवास शाही र क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरेका हुन् ।





