घट्यो सुनको मूल्य

Dadeldhura hospital

काठमाडौं- सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँ घटेको थियो।

Ganyapdhura gau

त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ। त्यस्तै चाँदी आज प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजोको तुलनामा चाँदी पनि प्रतितोला १० रुपैयाँ घटेको छ।

 

Couple
Loading...