कृष्णपुरको बंक चोकमा अटो रिक्सा पार्किङको काम सुरु

अत्तरिया- कृष्णपुर नगरपालिकाको बंक चोकमा अटो रिक्सा पाकिङको काम सुरु भएको छ । अव्यवस्थित पार्किङले दुर्घटना बढ्न थालेको भन्दै कृष्णपुर नगरपालिका वडा न २ बंक चोकमा अटो रिक्सा पार्किङको काम सुरु गरिएको हो ।

Dadeldhura hospital

नगरपालिकाका मुख्य बजार क्षेत्रलाई व्यवस्थित गरी सुन्दर बनाउने नगरप्रमुखको योजना अनुरुप सो क्षेत्रमा अटो पार्किङ स्थल निर्माण हुन लागेको हो ।

Navadurga sun
Godawari sandesh

त्यस्तै यसभन्दा अगाडि वडा न २ कै वाणी चोकमा अटो रिक्सा पार्किङ स्थल निर्माण भैसकेको छ । त्यसैगरी सदरमुकाम गुलरिया बजारमा छिट्टै अटो रिक्सा पार्किङ स्थल तयार गर्ने योजना रहेको नगरप्रमुख हेमराज ओझाले जानकारी गराए ।

Loading...