विद्यार्थीद्वारा निर्मित विद्यालयको वेबसाइट सार्वजनिक

लक्ष्मी भट्ट/अत्तरिया- गोदावरी नगरपालिका–अत्तरियास्थित दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयले कक्षा १२ का कम्प्युटर संकायका विद्यार्थीहरूले आफ्नै मेहनत, सीप र कला–कौशल प्रयोग गरी निर्माण गरेको विद्यालयको आधुनिक वेबसाइटको उद्घाटन गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद भट्टराई ले गर्नुभएको थियो भने विशिष्ट अतिथिका रूपमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी को उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्र अ वीरसिंह महताले गरेका थिए ।

Navadurga sun

कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले वर्तमान समय विज्ञान र प्रविधिको युग भएकाले विद्यार्थीहरूलाई आधुनिक प्रविधि तथा वैज्ञानिक आविष्कारतर्फ उन्मुख गराउन आवश्यक रहेको बताउनुभयो। यस्ता प्रतिभाशाली विद्यार्थी उत्पादन गर्न विद्यालयलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन नगरपालिका सदैव तयार रहने उहाँको भनाइ थियो।

त्यसैगरी अध्यक्ष भट्टराईले विद्यार्थीहरूले आफ्नै प्रयासमा आधुनिक वेबसाइट निर्माण गरेकोमा गर्व महसुस भएको बताउँदै विद्यालयको थप उन्नति र वैज्ञानिक विकासका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारीहरूको निरन्तर योगदान रहने विश्वास व्यक्त गर्नुभयो।

ADD Khali jpg
ADD Khali jpg
Loading...