मौसम बदलीसँगै केही क्षेत्रमा मेघगर्जन र वर्षा हुने

हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

Navadurga sun

यता मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो लहर चल्ने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ।

आज राति कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...