हात्तिपाईले सम्बन्धि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिकामा हात्तिपाईले सम्बन्धि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । गौरीगंगा नगरपालिका वडा नं. ६, बनबेहडामा रहेको आधारभुत स्वास्थ केन्द्रले एक दिने हात्तिपाईले रोग विरुद्धको वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

Navadurga sun

उक्त कार्यक्रम गौरीगंगा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष टेकबहादुर कुँवरको सभापतित्वमा आयोजना गरिएको थियो । सो कार्यक्रममा निवर्तमान वडा अध्यक्ष कमला शर्मा, सामुदायिक मेलमिलाप केन्द्र गौरीगंगा नगर संयोजक हेमन्तराज जोशी (बाजे), रानिफाँटा सा.ब.उ.समूहका अध्यक्ष चक्र बोगटी, वडा सदस्य सियाराम चौधरी, अमर मा. बि.का अध्यक्ष टिकाराम शर्मा, बिणा ग्रामीण बिधुत सहकारी संस्थाका अध्यक्ष पुरन सिंह कडायत, दृष्टी ग्रामिण बिद्युत सहकारी संस्थाका अध्यक्ष वीर बहादुर शाह, बिणा बिद्या मन्दिरका प्र.अ. दल बहादुर बोगटी लगायतको उपस्थिति रहेको थियो ।

उपस्थित सबैले कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने, कसरी खुवाउने र कसरी सफल पार्ने भन्ने विषयमा व्यापक छलफल गरेका थिए ।

हात्तिपाईलेको औषधि सेवनले पार्ने सामान्य असर सहित सो रोग बारे विभिन्न नकारात्मक भ्रम निवारण गर्न समाजसेवी, बुद्धिजीवी, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको महत्वपूणर् भुमिका हुने भएकाले यो कार्यक्रम गरिएको आधारभुत स्वास्थ केन्द्रका प्रमुख गणेश उपाध्यायले जानकारी दिए ।

उक्त कार्यक्रममा २० जना विभिन्न संघ-संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । गौरीगंगा नगरपालिकामा यहि फाल्गुन ११ गते देखि १३ गते सम्म हात्तिपाइले रोगको औषधि खुवाउने कार्यक्रम रहेको जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...