निर्वाचन सामाग्री खरिदका लागि आयोगद्वारा बोलपत्र आव्हान






काठमाडौँ- निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गतेको लागि घोषणा भएको दुइचरणको निर्वाचनको लागि निर्वाचन सामाग्री खरिद प्रक्रिया अघि बढाएको छ । आयोगले मतदान केन्द्रमा प्रयोग हुने विभिन्न निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आव्हान गरी ७ दिनको सूचना सहित भोलि (मंगलबार) को गोरखापत्र र आयोगको वेबसाइटमा प्रकाशित गरिने बताएको छ ।


धेरै बोलपत्रदाताहरुले सहभागी जनाउन भन्ने उद्देश्यले निर्वाचन सामाग्रीलाई विभिन्न ११ समूहमा विभाजन गरिएको छ । ग्राह्य बोलपत्रदाताहरुले आयोगबाट फागुन ११ गतेदेखि फागुन १७ गते कार्यालय समयभित्र बोलपत्र फाराम खरिद गर्न सकिने र फागुन १८ गते मध्यान्ह १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गराइ सक्नु पर्नेछ । आयोगले निर्वाचन सामग्री व्यवस्थापन गर्न छिटो हुने तबरले बोलपत्र आव्हान गरेको जनाएको छ ।



