कैलालीका विभिन्न ठाउँमा कोरोना विरुद्धको खोप जेठ १९ गते लगाइने





अत्तरिया, १६ जेठ- कैलालीको गोदावरी नगरपालिकामा जेठ १९ गते कोरोना विरुद्धको खोप लगाइने भएको छ । गोदावरी नगरपालिका वडा नं ३ मा पर्ने यस क्षेत्रको पुरानो सरकारी अस्पताल मालाखेती अस्पतालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा ५५ वर्ष माथिका नागरिकलाई दोस्रो मात्राको कोभिसिल्ड खोप लगाइने भएको हो ।



यस्तै कैलालीका जिल्ला अन्य स्थानिय तहमा पनि जेठ १९ गते नै खोप लगाइने जिल्ला स्वास्थय कार्यालय कैलालीले जनाएको छ ।


स्वास्थय कार्यालयका अनुसार मालाखेती अस्पताल सहित धनगढी रंगशाला, चौमाला प्राथामिक स्वास्थ्य केन्द्र, दरख स्वास्थ्य चौकी, लम्किचुहा अस्पताल र टीकापुर अस्पतालबाट ३ हजारलाई कोरोना विरुद्धको खोप लगाइने भस्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले जानकारी दिए ।



