कैलालीमा चितुवाको छाला सहित २ जना प्रहरी नियन्त्रणमा

अत्तरिया- कैलालीमा चितुवाको छाला सहित २ जना पक्राउ परेका छन् । मोटरसाइकलमा सुर्खेतबाट कैलालीतर्फ आउँदै गर्दा चितुवाको छाला सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ६ का ३६ वर्षीय तुलबहादुर बि.क. र जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ४ राउतवाडाका ५० वर्षीय तुल बहादुर खत्री रहेका छन् ।

Navadurga sun

सुर्खेतको कुइनेबाट चिसापानी तर्फ से.५ प ८०३१ नम्बरको मोटरसाईकल चितुवाको छाला सहित आइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी गराएका छन् ।

प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले खत्रीसँग रहेको झोला चेक जाँच ७ फिट १० ईन्च लम्बाई र ४ फिट ७ ईन्च चौडाई भएको चितुवाको छाला बरामद गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट बन्यजन्तुको जस्तो देखिने २ किलो ९५० ग्राम हड्डी समेत बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
Loading...