एक्सिस बिद्याश्रमले १८ औं बार्षिकोत्सव बिबिध कार्यक्रम गरि मनायो

धनगढी– कैलालीको धनगढीमा रहेको एक्सिस बिद्याश्रमले आफ्नो १८ औँ बार्षिकोत्सव बिबिध कार्यक्रम गरि मनाएको छ । आइतबार बिद्यालय प्रांगणमा एक कार्यक्रमको आयोजना गरि बिद्यालयले बार्षिकोत्सब मनाएको हो । कार्यक्रममा प्रमुख अतिथी धनगढी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख नरेन्द्र खाती रहेका थिए ।

यस्तै कार्यक्रममा प्रदेस सांसद धर्मराज पाठक, घोडाघोडी नगरपालिकाका पुर्ब मेयर ममता प्रसाद चौधरी, खेमराज पान्डे लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बिद्यार्थीहरुले आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

Navadurga sun

यस्तै कार्यक्रममा बिद्यालयले आयोजना गरेको खेलकुद प्रतियोगितामा बिजेता बिद्यार्थीहरुलाई पुरुष्कार समेत प्रदान गरिएको थियो । बिद्यालयकी प्रमुख अनिता पन्तले आगामी दिनमा पनि बिद्यालयको शैक्षीक गुणस्तरमा बिषेश ध्यान दिइने बताईन ।

ADD Khali jpg
Loading...