रातामाटाले जित्यो दशरथ चन्द नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ। रातामाटाले ९ स्वर्ण, १ रजत र ३ कास्यसहित दानेश्वर नागार्जुन माविले उपाधि जितेको हो। दानेश्वर नागार्जुन माविले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

प्रतियोगितामा दोस्रो निङ्लासैनी मावि देहिमाडौं भएको छ। उसले ७ स्वर्ण, ५ रजत, ४ कास्य पदक हात पार्‍यो। निङ्लासैनी माविले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। ३ स्वर्ण, ३ रजत र २ कास्यसहित मणिलेक मावि गुरुखोला तेस्रो भयो। गुरुखोलाले १० हजार रूपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

Navadurga sun
Godawari sandesh

निङ्लासैनी खेलमैदानमा भएको प्रतियोगितामा नगरका १९ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्रबहादुर चन्दले बताए। दशरथचन्दमा पहिलोपटक भएको प्रतियोगितामा सहभागी विद्यार्थी उत्साहित रहेका थिए।

प्रतियोगिताको समापन समारोहमा उद्योग‚ वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, प्रदेशसभा सदस्य जानकी ऐर बम, निवर्तमान प्रदेशसभा सदस्य लिलाधर भट्ट, नगर प्रमुख पुष्करराज जोशी लख्खाभाई, नगर उप्रमुख कौशिला चन्दलगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो।

Couple
Loading...