५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बने सन्दीप

 काठमाडौँ- लेग स्पिनर सन्दीप लामिछानेले आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका छन्। लिग २ मा ५० विकेट लिने उनी तेस्रा खेलाडी हुन्। घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा ३ विकेट लिएसँगै सन्दीप ५० विकेट लिने तेस्रो खेलाडी बनेका हुन्। सन्दीपले २३ खेलमा ५० विकेट लिएका छन्।

यसअघि ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन्। विलालले ३५ खेलमा ७६ विकेट लिएका छन्। दोस्रो स्थानमा अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवाल छन्। सौरभले २५ खेलमा ५८ विकेट लिएका छन्। सन्दीपपछि स्कटल्यान्डका मार्क रोवर्ट र ओमानका जेसन मक्सुदले समान ४७ विकेट लिदै चौँथो र पाँचौ स्थानमा छन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...