जन्म दिनकाे अवसरपारी रावलले गरे खाद्यान्न सामाग्री हस्तान्तरण

अत्तरिया- कैलालीको गाेदावरी नगरपालिका वडा नं. २ मा रहेको सुदूरपश्चिम समावेशी आधारभूत माध्यमिक बिद्यालयलाई खाद्यान्न लगायत स्टेशनरीका सामाग्री बितरण गरिएको छ । जन्म दिनकाे अवसर पारी युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य जितेन्द्र रावलले खाद्यान्न सहयोग गरेका हुन।
खाद्यान्न सहयोग अन्तरगत १ कट्टा चामल, दाल, तेल, बिस्कुट, कापीकलम लगायत ५ हजार बराबरको सामाग्री हस्तान्तरण गरेका हुन ।

उक्त हस्तान्तरण कार्यक्रममा बिश्व हिन्दु महासंघका केन्द्रीय सदस्य ज्वाला राेकाया, कबेन्द्र बहादुर थापा, बिद्यार्थी, शिक्षक लगायतको सहभागीता रहेकाे थियो ।

Navadurga sun

त्यस्तै सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरुका लागि पढाई हुने विद्यालय हो । अपाङ्गता सवालमा लागि परेका अपाङ्गता अभियान्ता मान वहादुर साउदको टिमको अनवरत प्रयासबाट सुरुमा २०६७ सालमा १० जना अपाङ्गता भएका विद्यार्थीहरुवाट सुरु गरेको यो विद्यालयमा वर्तमानमा ७२ जना अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

जसमा ३८ छात्र ३४ छात्रा रहेका छन् । सुदूरपश्चिम प्रदेशको ९ जिल्ला र हुम्ला, मुगु गरी ११ जिल्लाका बालबालिकाहरु यस विद्यालयमा अध्ययनरत छन् ।

ADD Khali jpg
Loading...