ईप्रका मालाखेतीका डिएपीद्धारा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय (ईप्रका) मालाखेतीले परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ईप्रकाको नयाँ प्रहरी प्रमुख भएका आएर प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बहादुर बरालले स्थानीय संग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन ।

बिहिबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधी राजनीतिक दलका प्रतिनिधी तथा सर्वसाधारणको उपस्थीती रहेको थियो ।

Navadurga sun

कार्यक्रममा उपस्थीत स्थानीय सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधी राजनीतिक दलका प्रतिनिधी तथा सर्वसाधारण अत्तरिया क्षेत्रको शान्ति सुरक्षा अमनचयन कायम गर्न आग्रह गरेका छन् ।

उनीहरुले अत्तरिया बसपार्कलाई व्यवस्थीत गर्नुपर्ने, अत्तरियामा वेश्यावृत्ती मौलाउँदै गएकाले यसलाई रोक्नेपर्ने, होटल व्यवशाय निर्धक्कका साथ गर्न पाउनुपन, लागु औषध प्रयोग तथा बिक्री बढ्दै गएकाले यसको नियन्त्रण गरिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालीकाकी उपप्रमुख कुनैपनी तिरबाट आउने दवाबको ख्याल नगरी वास्तवीक अपराधीलाई कार्बाहि गर्न आग्रह गरीन् ।

डिएसपी बरालले स्थानीयबाट आएका सुझाव अनुसार आफूले काम गर्ने बताए । उनले स्थानीयको सहयोग बिना अनुसन्धान गर्न समस्या हुने भएकाले सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

ADD Khali jpg
Loading...