गाउँमा बिजुली पुगेपछि अबिरमाला

बैतडी- बैतडीको सुर्नया गाउँपालिका–६, धुलीधारमा पहिलो पटक बिजुली बलेपछि स्थानीयले जनप्रतिनिधि र विद्युत् प्राधिकरणका कर्मचारीलाई अबिरमाला लगाएर गाउँमा स्वागत गरिएको छ। गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेपछि टुकी बाल्ने दिनको अन्त्य भएको स्थानीय देवदत्त अवस्थीले बताए । बिजुली बलेपछि गाउँमा खुसियाली छाएको उनले बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

वडा कार्यालयको पहलमा गाउँपालिका र विद्युत् प्राधिकरणको सहयोगमा धुलीधार टोका ४३ घरमा बुधबार बत्ती बलेको वडाध्यक्ष मदनराज अवस्थीले जानकारी दिए । उनका अनुसार पूरै वडा झिलिमिली पार्ने अभियान छ। आज ४३ घरलाई समेटेर बत्ती बल्यो। वडाका करिब चार सय घरधुरीमध्ये १५० घरमा बत्ती जडानको काम चालू अवस्थामा रहेको छ। वडाका सबै गाउँटोलमा बत्ती बाल्ने कामलाई निरन्तरता दिइरहेको वडाध्यक्ष अवस्थीले बताए ।

Navadurga sun
Godawari sandesh

गाउँमा सडकसँगै विद्युत् पनि पु-याउने काममा स्थानीय सरकार लागिपरेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । उनले अहिलेका धुलीधारको गडान टोलमा विद्युत् बलिसकेको र अन्य टोलमा विद्युत्को विस्तारको काम जारी रहेको बताए ।

विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेपछि उद्घाटनका लागि सोमबार धुलीधार पुग्नुभएका गाउँपालिका अध्यक्ष कुँवरले पालिकावासीको विकासका पूर्वाधारमा पहुँच पु-याउन आफूहरू लागिपर्ने प्रतिबद्धता जनाए । सुर्नया गाउँपालिकामा आठवटा वडा रहेका छन्। बैतडी सदरमुकामबाट ३५ किलोमिटर पूर्वमा रहेको सुर्नया गाउँपालिकाको जनसङ्ख्या २२ हजार ९२४ रहेको छ।

Couple
Loading...