

काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज ९बुधबार० नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य सामान्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



तोलामा २०० रुपैयाँले घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ।


यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।

