अत्तरिया– कैलालीको गोदावरी होटल व्यावसायी संघले एक कार्यक्रम बचि ईलाका प्रहरी कार्यलयका नव आगन्तु प्रमुख डीएसपी गणेश बराललाई स्वागत र होटल व्यावसायी महासंघ नेपालका नव निर्वाचित उपाध्यक्ष र सदस्य दिल बहादुर खत्रीलाई बधाई कार्यक्रम गरेको छ । जिल्ला प्रशासन कार्यलयको पत्र प्राप्त अनुसार व्यवसाय सन्चालन कार्यविधि सम्बन्धि छलफल कार्य गरेको छ ।






उक्त कार्यक्रमका प्रमुख अतिथि नगर प्रवक्ता वडा नं. १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट रहनु भएको थियोे । वडा नं.२ का सदस्य डबल साउद, ईलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी गणेश बराल र गोदावरी होटल व्यवसायी संघका संस्थापक अध्यक्ष गणेश महरा विशिष्ट अतिथि रहेका थिए ।





त्यस्तै कार्यक्रममा संस्थाका प्रतिनिधि र व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सम्पूणर्लाई गोदावरी होटल व्यवसायी अत्तरिया कैलालीकी अध्यक्ष धना देवी चोखालले सबैमा धेरै धेरै धन्यवाद ज्ञापन समेत गरेकि थिइन । त्यस्तै उनले अब आउने दिनहरुमा रात्री कालिन व्यवसायी राति १२ बज्य सम्म चलाउन पाउने माग पुराहुनेमा आशावादी रहेको समेत बताइन् ।




