धनगढीमा मेरो भ्यालेन्टाइन २०२३ हुने

धनगढी– धनगढीमा मेरो भ्यालेन्टाइन २०२३ हुने भएको छ । धनगढीको रक स्टार मिडियाले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

मेरो भ्यालेन्टाइनको तेस्रो संकरणमा विभिन्न कलाकार तथा अन्य मनोरन्जनात्मक कार्यक्रम हुने रक स्टार मिडियाका सञ्चालक जितेन्द्र रावलले बताए । उनका अनुसार कार्यक्रम भ्यालेन्टान डे अर्थात फागुन दुई गते होटल डिभोटीमा हुने उनले बताए । उनका अनुसार २ हजारको टिकटमा सम्पूर्ण परिवार र १५ सयको प्याकेजमा २ जना कार्यक्रमा उपस्थित हुन पाइने र त्यसमा अन्य सेवा पनि रहेको उनले बताए ।

Navadurga sun

कार्यक्रममा फेशन सो, डीजे डान्स, विभिन्न प्रकारका खेल, बालबालिकाको लागि विशष खेलको व्यवस्था गरिएको उनले बताए । रावलले उक्त कार्यक्रम आफ्नो स्वर्गिय भिनाजु (बमबहादुर कँवर) को सम्झनामा विगत ३ वर्षदेखि आयोजना गरिरहेका छन् ।

ADD Khali jpg
Loading...